
एजेन्सी । ड्रग्स प्रकरणमा भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ । एनसीबीका अनुसार अभिनेता रामपालका चालकलाई हिरासतको लागि सोधपुछ भइरहेको छ ।
एनसीबीले गत महिना अर्जुन रामपालको लिव–इन पार्टनर ग्याब्रिएला डेमेट्रियड्सका भाइ अगिसिलासलाई गिरफ्तार गरेको थियो । अगिसिलासबाट चरस र अल्प्रजोलम ट्याब्लेटहरू फेला परेको थियो । उनीबाट प्राप्त सुराकी आधारमा अर्जुन रामपालको घरमा छापा मारेको हो ।
प्रतिक्रिया दिनुहोस