aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ७ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस पछिको मूल्य प्रतिकित्ता रू. ६६५ दशमलव ४२ तोकेको छ । नेप्सेले कम्पनीको सोमवारको अन्तिम शेयरमूल्य रू. ७१२ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरु लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस