aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सर्वसाधारणका लागि माउण्टेन इनर्जी नेपालको आईपीओमा बुधवारदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
सर्वसाधारणका लागि माउण्टेन इनर्जी नेपालको आईपीओमा बुधवारदेखि

काठमाडौं । माउण्टेन इनर्जी नेपालले सर्वसाधारणका लागि कात्तिक २६ गते (बुधवार) देखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले १८ लाख ३० हजार २६५ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ९८ लाख ४०१ कित्ता शेयर सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ ।

यो आईपीओमा छिटोमा मंसिर २ र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थायिनको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्री गरेको थियो । स्थानियका लागि कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म आईपीओ विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले आईपीओ खरिदको लागि आवेदन दिदाँ विक्री प्रबन्धसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस