aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आरएमडीसी लघुवित्तको मंसिर ८ गतेदेखि बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
आरएमडीसी लघुवित्तको मंसिर ८ गतेदेखि बुक क्लोज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा मंसिर २२ गते गर्ने भएको छ । कम्पनीको कात्तिक २५ गतेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्नका लागि सभा गर्ने निर्णय गरेको हो ।

 कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८९ करोड ९३ लाख २३ हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ८ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा मंसिर ७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस