काठमाडौं। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा मंसिर १५ गते हुने भएको छ । क्यापिटलको प्रधान कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे सभा हुने भएको हो । सभा भर्चुअल माध्यमबाट हुने जानकारी कम्पनीले दिएको छ ।
उक्त सभाले सञ्चालक समितीको बैठकले प्रस्ताव गरेको रू. २ करोड २ लाख ५० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस