
काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सहज बनाउन हटलाइन सेवा शुरु गरेको छ । कोरोना बीमाको दावी भुक्तानी नपाएको चौतर्फी रुपमा आलोचना भएपछि बीमा समितिले दावी भुक्तानीलाई सहज र सरल बनाउन हटलाईन सेवा सञ्चालन गरेको हो । बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा तीन अधिकारीहरुलाई कोभिड–१९ बीमा पोलिसीका समस्याहरुबारे गुनासो सुन्न हटलाईन सेन्टरको व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।
समितिका अनुसार कोरोना बीमा गरेर बीमा दावी भुक्तानी लिन नपाएका बीमितहरुले जुनसुकै समस्या परेको अवस्थामा बीमा समितिका निर्देशक पुजन ढुंगेल अधिकारी, उप निर्देशक निर्मल अधिकारी, सहायक निर्देशक केदारनाथ भट्ट तथा टोल फ्रि नम्वरमा सम्पर्क गर्न सकिने छ ।
बीमा समितिले कोरनो बीमाको दावी भुक्तानीलाई प्रभावकारी बनाउन हटलाईन तथा गुनासो सुन्ने व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस