
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ८ लाख ५८ हजार कित्ता शेयर बुधवार नेप्सेमा सूचीकृत गराएको हो ।
यो शेयर बिहीबारदेखि कारोबार योग्य हुनेछ । तर, शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को लागि यो बोनस शेयर वितरणको प्रस्ताव गत असार २४ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस