
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमामाई हाइड्रोपावर लिमिटेडले रू. ३४ करोड ६ लाख ६५ हजारको विद्युत विक्री गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३२ करोड ७७ लाख २३ हजारको विद्युत विक्री गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले करिब ४ प्रतिशत बढी विद्युत विक्री गरेको हो ।
कम्पनीले कात्तिक २६ गते सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार रू. २२ करोड ६३ लाख २ हजार खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले रू. २० करोड ३९ लाख ८३ हजार खुद नाफा गरेको थियो । नाफा गत वर्षभन्दा १० दशमलव ९४ प्रतिशत बढी भएको हो ।
१० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. २ अर्ब ५५ करोड ३१ लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ४५ लाख ५४ हजार रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको जगेडा कोषमा रू. २ लाख ४१ हजार रहेको थियो । रिटर्न अनिङ् शिर्षमा कम्पनीले रू. ८७ करोड ८० लाख ५१ हजार छुट्याएको छ । यो शिर्षकमा गत वर्षभन्दा यस वर्ष १८ प्रतिशत बढी रकम छुट्याएको हो । गत वर्ष यो अवधिमा कम्पनीले रिटर्न अर्निङ् शिर्षकमा रू. ७३ करोड ९८ लाख ४६ हजार छुट्याएको थियो ।
गत वर्ष रू. ८ दशमलव ७९ रहेको प्रतिशेयर आम्दानी यस वर्ष रू. ८ दशमलव ८६ र गत वर्ष रू. १३१ दशमलव ८९ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष रू. १३४ दशमलव ५७ रहेको छ । यस कम्पनीको वित्तीय परिसूचकहरु गत वर्षभन्दा यस वर्ष बढेका छन् ।
प्रतिक्रिया दिनुहोस