aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चिलिमेको नाफा बढ्दा प्रति शेयर आम्दानी घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
चिलिमेको नाफा बढ्दा प्रति शेयर आम्दानी घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा चिलिमे जलविद्युत कम्पनीले रू. २२ करोड ३२ लाख ७९ हजार खुद नाफा गरेको छ । कम्पनीले कात्तिक २७ गते सार्वजनिक गरको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष २ दशमलव ८७ प्रतिशत बढी नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको नाफा २१ करोड ७० लाख ३० हजार रुपैयाँ थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ३ दशमलव ६८ प्रतिशत बढी रू. ३६ करोड ३९ लाख ४७ हजार विद्युत विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष रू. ३५ करोड १० लाख १ हजार थियो । न्यून प्रतिशत नाफा बढाएको यस कम्पनीको प्रतिशेयर आम्दानी भने गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष रू. १८ दशमलव २४ रहेको वार्षिक प्रतिशेयर आम्दानी यस वर्ष रू. १५ दशमलव ४९ रहेको छ । त्यस्तै गत वर्ष रू. २०० दशमलव शून्य ४ रहेको प्रतिशेयर नेटवर्थ पनि रू. १७९ दशमलव २५ मा झरेको छ ।

२० प्रतिशत बोनस शेयर मार्फत कम्पनीको चुक्तापूँजी बृद्धि भई रू. ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार पुगेको छ । रिटर्न अर्निङ भने गत वर्षभन्दा ४ दशमलव ९४ प्रतिशत कम रू. ४ अर्ब ५२ करोड ४७ लाख ६५ हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस