
काठमाडौं ।, अरुण काबेली पावर लिमिटेड(एकेपीएल)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफामा उल्लेख्य सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विहीबार प्रकाशित विवरणमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोहि अविधिमा ४३ करोड ९३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत बिक्रीबाट कुनै आम्दानी नभएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ५२ लाख रुपैयाँ कमाएको छ। त्यसैगरी, कम्पनीले अन्य श्रोतबाट १ लाख ८० हजार रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ५० हजाररुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड ९९ लाख रुपैयाँ पुगेको छ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ २८ पैसा कायम भएको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ३२।३७ गुणा कायम भएको छ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २० करोड ६० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको जगेडा कोष पनि १ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
प्रतिक्रिया दिनुहोस