aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वैदेशिक रोजगार मुद्दामा फरार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
वैदेशिक रोजगार मुद्दामा फरार पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका(३२ का सुमन देउजालाई रानीबन काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना    ठहर भई फरार सुमनलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका सुमनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं  पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस