aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रसायनिक मलको उद्योग स्थापना गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
रसायनिक मलको उद्योग स्थापना गरिने

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री पार्वत गुरुङले अब नेपालमा रसायनिक मल उद्योग स्थापना गर्ने बताएका छन् । मन्त्री गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओलीले रासायनिक मल कारखाना खोल्नेबारे प्रस्ताव गरेपछि त्यसका लागि समिति गठन गरिएको जानकारी दिएका हुन् । 

उनले समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना गर्ने भन्‍नेबारे सम्भाव्यता अध्ययन गर्ने पनि बताए । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको र समितिमा उद्योगमन्त्री कृषि तथा पशुपंक्षी मन्त्री सदस्य रहेको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस