
एजेन्सी । भारतीय फिल्म अभिनेता आसिफ बसराले बिहीबार हिमाचल प्रदेशको धर्मशालामा आत्महत्या गरेका छन् । चर्चित टेलिभिजन र फिल्म अभिनेता आसिफ धर्मशालामा भाडाको घरमा बस्दै थिए । अभिनेताले विहीबार बिहान ११ः३० बजे आत्महत्या गरेका हुन । पुलिसले बिहान १२ः३० बजे आत्महत्याको बारेमा सूचना प्राप्त गरेको जनाएको छ ।
आसिफको शव पोष्टमार्टमको लागि पठाइएको छ । पुलिसले अनुसन्धान शुरु गरेको छ । हिमाचल प्रदेश एसएसपीका विमुक्त रंजनका अनुसार फिल्म अभिनेता आसिफ बसरा धर्मशालाको एक निजी परिसरमा मृत अवस्थामा फेला परेका थिए । उनी झुण्डिएको अबस्थामा भेटिएका थिए उनले भने । उक्त स्थलमा फोरेन्सिक टोली घटनास्थलमा पुगेको छ र पुलिस घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस