aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल लाइफको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि, ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
नेपाल लाइफको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि, ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा शुल्क आर्जनमा उल्लख्य वृद्धि गरेको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क सङ्कलन गरेकोमा चालू वर्षको तीन महिनामा ८ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिकको तुलनामा यो वृद्धि  १४.१६ प्रतिशतले रहेको छ । 

यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशन  बापत १ करोड १४ लाख, लगानी कर्जा तथा अन्यबाट एक अर्ब ६८ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनी पहिलो त्रैमाससम्ममा आफ्नो लगानीमा २८.२६ प्रतिशतले वृद्धि गर्दै ९९ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको थियो।

कम्पनीको खुद बीमाशुल्कसंगै नाफा  २२ करोड ९० लाख रुपैयाँ कमाएको छ गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ । यस्तै जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ र महाविपत्ती कोषमा ६० करोड ८० लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस