aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ८२ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ८२ प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव ४९ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ११करोड ४५ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले धेरै हो ।
 

प्रतिक्रिया दिनुहोस