aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क २० प्रतिशतले बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क २० प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २० दशमलव १५ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ५७ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

१ अर्ब १५ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ९२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष घटेको छ । कम्पनीको बीमा कोषमा ४५ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रति शेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ४७ पैसा रहेको छ । पिइ अनुपात २७।११ गुणा रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९१ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११ प्रतिशतले धेरै हो ।

 

प्रतिक्रिया दिनुहोस