aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपि पावरको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
अपि पावरको शेयरमूल्य समायोजन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर प्रयोजनको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरेको हो ।

नेप्सेले ९ प्रतिशत बोनस पश्चात अपिको शेयरमूल्य प्रतिकित्ता २६३ रुपैयाँ तोकेको हो । अघिल्लो कारोबार दिन कात्तिक २७ गते गतेको अन्तिम मूल्य  २७९ रुपैयाँ को आधारमा नेप्सेले अपि पावरको शेयरमूल्य समायोजन गरेको हो ।

 अपिले गत वर्षको लाभांश र साधारण सभा प्रयोजनका लागि मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरेको छ । अपिले विगत दुई वर्षको वार्षिक साधारण सभा मंसिर ८ गते संयुक्त रुपमा आव्हान गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को १६ औं र २०७६/७७ को १७ औं वार्षिक साधारण सभा मंसिर ८ गते संयुक्त रूपमा बोलाएको हो । आर्थिक वर्ष २०७५÷७६ को १६ औं वार्षिक साधारण सभाका लागि अपिले चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरेको थियो । 

प्रतिक्रिया दिनुहोस