aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तोकियो कफीको न्यूनतम मूल्य, किसान उत्साहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
तोकियो कफीको न्यूनतम मूल्य, किसान उत्साहित

काठमाडौं । सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । कफी उत्पादन गर्न लाग्ने लागत खर्चमा २२.५ प्रतिशत नाफा जोडेर स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । 

बोर्डले अघिल्लो वर्षको तुलनामा यसवर्ष कफीको मूल्यमा ५ देखि २५ रूपैयाँसम्म वृद्धि गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मूल्य अनुसार फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ रहेको छ । त्यस्तै, पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’लाई प्रतिकिलो ४ सय ५० र बी ग्रेडलाई ३ सय ९७ रुपैयाँ तोकिएको छ भने प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’को कफीलाई प्रतिकिलो १ सय ४८ र ‘बी ग्रेड’को कफीको मूल्य ९५ रुपैयाँ तोकिएको छ ।  

कफी उद्यपादक व्यवसायी भोजराज प्रधानले सरकारले तोकिएको मूल्य भन्दा बढी रेटमा किनबेच भइरहेको उनले बताए । उनले अहिले बोर्डले तोकेको मूल्यले किसानले राहत महशुस गरेको बताए ।  

उनले भने, ‘अहिले धेरैजसो कफी इन्डियाबाट आयात भएका छन् । इन्डियाको कफीलाई पनि नेपाली कफी भनेर बेचिदै आएको छ । इन्डियन कफीलाई नेपाली भन्दै बिक्री गर्न पाइदैन । मन्त्रालयले नै यसलाई छुट्याइदिनु पर्छ ।’  

नेपालमा ४३ जिल्लामा कफी खेती हुन्छ । अधिकांश क्षेत्रफलमा अरेबी जातका कफी उत्पादन हुँदै आएका छन् । सिन्धुपाल्चोक, काभ्रेमा सबैभन्दा बढी उत्पादन हुन्छ भने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, ललितपुर लगायतका जिल्लामा कफी उत्पादन क्षेत्र विस्तार हुँदै आएको छ । नेपालका पुर्वी क्षेत्रमा पनि कफी खेती विस्तारै विस्तार हुँदै गएको प्रधानको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस