aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफको साधारण सभा बिहीबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
गुराँस लाइफको साधारण सभा बिहीबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर ४ गते बिहीवार १० औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालय , श्री राज भवन, तिनकुने, काठमाडौंमा विहान १०ः३० बजे सभा सुरु हुने भएको हो । सभाले आर्थिक वर्ष २०७४÷७५ को लागि प्रस्तावित ५ दशमलव २५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्नेछ ।

उक्त वर्षको लागि कम्पनीले हाल कायम चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृति गराएको थियो । हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गरिसकेकाले उक्त हकप्रद पश्चात चुक्तापूँजी  १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएकाले कम्पनीले सो पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

 साथै उक्त बोनसमा लाग्ने कर वापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ । लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ ।  यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ कायम शेयरधनीहरु योग्य भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस