
एजेन्सी । भारतीय अभिनेता सुशांत सिंह राजपूतको मृत्युपछि, युट्यूबमा नक्कली समाचार पोस्ट गरेर लाखौं कमाएको छ । युटुवमा बनावटी समाचार बनाएर पोष्ट गर्नेलाई मुम्बई पुलिसले बिहारबाट पक्राउ समेत गरेको छ । गत चार महिनामा सुशान्त सिंहको बारेमा अनावश्यक र भ्रमक समाचार बनाको रिपोर्टहरूबाट २४ लाख रुपैयाँभन्दा बढी कमाएका छन् ।
पक्राउ परेका आरोपी रशिद सिद्दीकी बिहारका सिभिल इन्जिनियर हुन्। उनले युट्यूबमा ’एफएफ न्यूज’ भनिने एक च्यानल चलाउँछन् । सिद्दिकी विरुद्ध मानहानि, सार्वजनिक रूपमा बदनाम गर्ने र जानाजानी अपमान गरेको आरोपमा अदालतमा मुद्दा समेत दायर गरिएको छ । अदालतले सिद्दिकीलाई अग्रिम जमानत दिएर थप अनुसन्धानमा सहयोग गर्न भनेको छ । उनले मात्रै सुशान्त सिंहको मृत्युपछिका हतकण्डाबाट करिब ६.५ लाख भारु कमाएका थिए ।
त्यस्तै यसै घटनासँग सम्बन्धीत बुम्बाइ प्रहरीले दिल्लीबाट अर्का विभोर आन्दनलाई पनि पक्राउ गरेको थियो । यसमा पनि सुशांन्तको भिडियो बनाएरै ३.७० हजार भारु कमाएका थिए । भने एक लाख ७ हजार नयाँ सब्सक्राइबर समेत बटुलेका थिए ।
मुम्बई पुलिसका एक वरिष्ठ अधिकारीले भने, ’अभिनेताको मृत्यु पैसा कमाउने अवसरको रूपमा प्रयोग गरियो किनभने मानिसहरू त्यससँग सम्बन्धित समाचारहरू जान्न व्याकुल थिए । एकपटक मिडियाले बिभिन्न कोणबाट रिपोर्ट गर्न शुरू गरे । युटुवले नक्कली समाचार पोस्ट गर्न पनि अवसर पाए । अभिनेता अक्षय कुमारले पनि सिद्दिकीको बिरूद्ध छण्ण्०० करोडको मानहानि दाबी गरेका छन्। उनले आफ्नो एक भिडियोमा आरोप लगाइन् कि अभिनेताले रिया चक्रवर्तीलाई क्यानाडामा लुकाएको छ।
प्रतिक्रिया दिनुहोस