aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको साधारण सभा भोलि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
एनएलजी इन्स्योरेन्सको साधारण सभा भोलि

काठमाडौं  । एनएलजी इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा भोली हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरीमा बिहान १० बजे सभा सुरु हुने भएको  हो । वेबिनार मार्फत सभा गर्ने तयारी कम्पनीको छ ।
 
सभाले आव २०७५/७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै उक्त प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 

साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गरेको छ । यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस