aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

केबलकारको पहिलो आईपीओ आउँदै, १८ लाख ४० हजार ९१० कित्ता बिक्री गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
केबलकारको पहिलो आईपीओ आउँदै, १८ लाख ४० हजार ९१० कित्ता बिक्री गरिने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले कात्तिक २८ गते यस कम्पनीलाई  १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर विक्री गर्न अनुमति दिएको हो ।

 हाल यस कम्पनीको संस्थापकबाट चुक्ता भएको पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी ग्लोबल आईएमई क्यापिटलले पुरा गर्नेछ । यस कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति माग्दै गत जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको थियो ।
 

प्रतिक्रिया दिनुहोस