
काठमाडौं, वैशाख ६ । नाडेप लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न आइतबारसम्म शेयर कायम गर्नुपर्नेछ । गत असारमा सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । लाभांशसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि वैशाख ९ गते एक दिन कम्पनीको बुक क्लोजको गर्नेछ । लाभांश र सभामा भाग लिन वैशाख ८ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
सर्वसाधारणलाई आईपीओ जारी पश्चात शतप्रतिशत हकप्रद बेचेको कम्पनीले हकप्रद पश्चात कायम ३२ करोड चुक्तापूँजीको आधारमा बोनस शेयर र हकप्रद अघिको चुक्ता पुँजी १६ करोडको आधारमा नगद लाभांश दिने निर्णय गरेको हो । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था नाडेपले चालू आवको दोस्रो त्रैमाससम्म ६८ हजार ५९८ सदस्यबाट बचत परिचालन गरिरहेको छ । यस अवधिमा कम्पनीले १ करोड ४२ लाख ७० हजार खुद नाफा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस