
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारण सभा असार २९ गते आइतबार हुने भएको छ ।
जसको सभा बिहान ११ बजे लैनचौर बैङक्वेट्स काठमाडौंमा हुने भएको छ ।
साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह वितरण तथा सोसँग सम्बन्धित अनुसुचीहरु परित गर्ने प्रस्ताव रहेको छ ।
हाल चुक्ता पँुजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत अर्थात वर्तमान १० बराबर शुन्य दशमलव ५ को अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
कम्पनीको साधारण सभाका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ । उक्त लाभांश असार १४ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछ ।
प्रतिक्रिया दिनुहोस