aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन लाइफको साधारण सभा पुस ४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
एशियन लाइफको साधारण सभा पुस ४ गते

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा पुस ४ गते हुने भएको छ । होटल पुजन, वीरगंजमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  

सभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाको विशेष प्रस्तावमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा तोकिएको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने रहेको छ । यस वर्ष लगानीकर्ताहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरिएको छैन् ।  

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस