
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाले पारित गरेपश्चात लाभांश वितरण गरिने कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस