
काठमाडौं । माउन्टेन इनर्जीको प्राथमिक शेयर आईपीओमा माग भन्दा बढीको आवेदन परेकाले धेरैको हात खालि हुने भएको छ । कम्पनीको आइपीओमा ७.६१ गुणाभन्दा धेरै आवेदन दिएका छन। मागभन्दा अत्याधिक बढी आवेदन परेपछि आइपीओमा आवेदन गर्ने ७२ प्रतिशत आवेदकको हात खाली हुने भएको हो।
कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको ।
माउन्टेडले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा सर्वसाधारणले छिटोमा मंसिर ३ गतेसम्म आवेदन दिएका थिए । उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिने सकने समय तोकेको थियो ।
कम्पनीको धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले म्याग्दीको नीलगिरि खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो ।
प्रतिक्रिया दिनुहोस