aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाईटेड इदी-मार्दीको आईपीओमा मागभन्दा ८.१४ गुणा आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ मंसिर २०७७
युनाईटेड इदी-मार्दीको आईपीओमा मागभन्दा ८.१४ गुणा आवेदन

काठमाडौं । युनाईटेड इदी-मार्दी एण्ड आरबि हाइड्रोपावरको प्राथमिक शेयर(आईपीओ)मा शुक्रबारसम्ममा मागभन्दा ८.१४ गुणा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार  ३ लाख ५४ हजार ५८१ वटा आवेदनबाट ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १६० कित्ता आईपीओको माग परेको हो ।

कम्पनीले कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर अत्याधिक आवेदन पर्ने हुँदा गोलाप्रथाबाट शेयर बाँडफाँड गर्नुपर्ने अवस्थाले १० कित्ता शेयरका लागि नै आवेदन गर्दा नै उपयुक्त हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस