
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै कामगर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलविच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौताभएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुनेसमेत जनाईएको छ । अव उक्त शेयरहरु बाँडफाँट पश्चात अभौतिकिकरण शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मागर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ ।
उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस