
काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माग भन्दा बढी आवेदन परेकाले छिटो अवधि मंसिर ७ गतेभित्र विक्री बन्द गर्न लागेको हो । यस कम्पनीको आईपीओमा ८ गुणाभन्दा बढी आवेदन परिसकेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
मंसिर ३ गते (बुधवार) देखि कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयरमध्य ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो । कम्पनीले स्थायिनका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो ।
स्थानियमा करिब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ । कात्तिक १७ गते कम्पनीले स्थानिलाई कुल कित्तामध्य १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो । स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि विक्री गरिएको हो । कुल कित्तामध्य कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ । यो शेयरमा कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस