
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले २२ औं वार्षिक साधारण सभा मंसिर २२ गते बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि मंसिर ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर ७ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीको उक्त लाभांश बुक क्लोजका आधारमा मंसिर ७ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस