
काठमाडौं । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहमा पदपूर्ति गर्न सहायकस्तर चौथो तहको दरखास्त आवेदन खुला गरेको छ। विभिन्न पदका ४६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन भएको हो।
प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको हो । प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।
प्रदेशभरिका ४४ वटा पालिका र वाग्मती प्रदेशको दुईवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको छ । प्रदेश निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
प्रदेशका एक सय १९ वटा पालिका मध्येमा २२ वटा पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ ।
हेर्नुहोस् विज्ञापन
प्रतिक्रिया दिनुहोस