
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३५ प्रतिशत लाभांश प्रस्ताव गर्दै मंसिर ३० गतेका लागि ५३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सहित वार्षिक साधारण सभा आव्हान गरेको हो ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस