
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंसिर ९ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा यस वर्ष १३५ प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिमा रू. ८६ लाख ३८ हजार नाफा कमाएको कम्पनीले यस वर्ष रू. २ करोड ३ लाख ४५ हजार नाफा कमाएको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । यस वर्ष कम्पनीले विद्युत विक्रीबाट रू. ७ करोड ८९ लाख ८४ हजार आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ७ करोड २० लाख थियो । चालू आवको पहिलो त्रैमाससम्म रू. ८० करोड चुक्तापूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू. ७० दशमलव १३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस