aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चन्द्रागिरी हिल्सले थाल्यो आईपीओ निष्कासन प्रक्रिया, पहिलो चरणमा कसले पाउँदैछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७
चन्द्रागिरी हिल्सले थाल्यो आईपीओ निष्कासन प्रक्रिया, पहिलो चरणमा कसले पाउँदैछन् ?

   
काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु भएको छ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अन्तिम स्वीकृति पाएसँगै चन्द्रागिरी हिल्सले चरणवद्ध रुपमा आईपीओ निष्कासनको प्रक्रिया थालेको हो ।

पहिलो चरणमा यही मंसिर १७ गतेदेखि चन्द्रागिरीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्कासन गर्नेछ । यो निष्कासन प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । 

सो कम्पनीले १८ करोड ४० लाख रुपैयाँ बराबरको १८ लाख ४० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यो कम्पनीको कुल १ अर्ब ५३ करोड चुक्तापुँजीको १२ प्रतिशत बराबर हो । यसको बिक्री मूल्य १ सय रुपैंया तोकिएको छ । 

कुल १८ लाख ४० हजार कित्तामध्ये ३ लाख ६ हजार कित्ता शेयर प्रभावित एवं स्थानीयवासीलाई वितरण गरेपछि सर्वसाधारणलाई करिब १५ लाख ३४ हजार कित्ता शेयर वितरण हुनेछ । यो चुक्ता पुँजीको १० प्रतिशत बराबर हो । 

पहिलो चरणको आईपीओ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ र १० एवं इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का स्थानीयबासीले मात्रै पाउँछन् । 
 

प्रतिक्रिया दिनुहोस