
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४५ करोड ३६ लाख १७ हजार ५०० रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस