
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले बुधबारदेखि आवेदन खुल्ला गरेको हो ।
कम्पनीले विभिन्न पदमा प्रशाससन समुहमा पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र १० औं तहमा बरिष्ठ सहायकदेखि नायब महाप्रबन्धकसम्मको पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिले यही मंसिर ३० गतेसम्म र दोब्बर दस्तुर बुझाई पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । नयाँ कर्मचारी भर्नाको लागि कम्पनीले अनलाईनबाट आवेदन दिन पाइने व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस