
काठमाडौं । अरुण काबेली पावरको लाभांश शुरक्षित गर्ने अवधि सकिएको छ । कम्पनीले यस वषृ ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २२ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि बुक क्लोज गर्ने भएसँगै मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस