
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ५ लाख ९६ हजार ४७० दशमलव ५ कित्ता शेयर शुक्रवार नेप्सेमा सूचीकृत गराएको हो । यो शेयर आइतवारदेखि कारोबार योग्य हुने भएपनि सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस