aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाइटेड इदी–मर्दीको आईपीओ प्रि अलोटमेण्ट सम्पन्न, आगामी तीन दिनभित्र बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ मंसिर २०७७
युनाइटेड इदी–मर्दीको आईपीओ प्रि अलोटमेण्ट सम्पन्न, आगामी तीन दिनभित्र बाँडफाँट हुने

काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रवार प्रि अलोटमेण्ट सम्पन्न भएको जानकारी दिएको हो । प्रि अलोटमेण्ट भएको तीनभिनभित्र आईपीओ बाँडफाँट गरिसक्नुपर्ने व्यवस्था छ । सम्भवत् आइतवार सोमवारभित्र बाँडफाँट गरिने विक्री प्रबन्धकले जानकारी दिएको छ । 

यस कम्पनीको आईपीओमा माग भन्दा १२ गुणा बढी आवेदन परेको छ । यस कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो । 

स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्य कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ ।

 यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ । हाल रू. ३१ करोड ५० लाख चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात यो पूँजी रू. ४२ करोड पुग्नेछ । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ स्थानियमा १० र अन्य सर्वसाधारणमा १५ प्रतिशत गरी २५ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस