
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ विक्रीको अनुमति माग्दै मंसिर १० गते निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस