
काठमाडौं । युनाईटेड इदी–मर्दीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । युनाईटेडले मंसिर ३ गते देखि ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओको बाँडफाँड आज हुने भएको हो ।
उक्त आइपिओ आज अपराह्न ४ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँड गरिनेछ ।
कम्पनीको आईपीओ ५ लाख ४१ हजार २ सय ६३ जना आवेदकले ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो ।
कम्पनीले ८ लाख ७३ हजार ९ सय १० कित्ता आईप्ओि निष्कासन गरेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस