aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५÷७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस