aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यी कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
यी कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

काठमाडौं । कुमारी बैंक , रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ् कर्पोरेशनको प्रस्तावित लाभांश सुरक्षित गर्ने मंसिर १४ गते आइतबार अन्तिम दिन रहेको छ । यी तीन ओटै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि साधारण सभाको मिति तय गरिसकेका छन् । 

उक्त सभा र लाभांश प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गर्ने भएकाले आइतवारनै लाभांश सुरक्षित गर्नुपर्नेभएको हो । यसका लागि नयाँ शेयरधनी बन्न शेयर खरिद गर्नुपर्नेछ भने साविककाहरुले आइतवारसम्म शेयर सुरक्षित राख्नुपर्नेछ ।

कुमारी बैकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने रिडी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

 त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत कर सहित लाभांश प्रस्ताव गरेको छ । कुमारी बैंकले लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २९ गते, रिडी हाइड्रोले मंसिर २६ गते र साल्ट ट्रेडिङ् कर्पोरेशनले मंसिर ३० गते वार्षिक साधारण सभा बोलाएको हो ।

कुमारी बैंक र रिडी हाइड्रोपावरले मंसिर १५ गते एक दिनमात्र बुक क्लोज गर्दैछन् भने साल्ट ट्रडिङ्ले मंसिर १५ देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । सोमवार यी कम्पनीको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश पाउनेछैनन् ।
 

प्रतिक्रिया दिनुहोस