
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले यस वर्षका लागि ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने गरी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो लाभांश कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट वितरण गर्न लागेको हो ।
कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्र्ने प्रस्ताव पनि गरेको छ । हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । गत असोज २१ गते बोर्डमा निवेदन दिएको उक्त हकप्रद स्वीकृतिको अन्तिम चरणमा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ ।
प्रतिक्रिया दिनुहोस