aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तीन कम्पनीको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ मंसिर २०७७
तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कुमारी बैंक , रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ् कर्पोरेशनको बोनस शेयर प्रयोजनका लागि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो  ।

नेप्सेले कुमारी बैंकको १० दशमलव ८५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २७३ तोकेको छ । कुमारी बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ३०३ को आधारमा शेयरमूल्य समायोजन गरेको हो । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर पछिको मूल्य नेप्सेले रू. ६ हजार तोकेको छ । कम्पनीको आइतवार कायम भएको अन्तिम मूल्य रू. ७ हजार ५०० लाई आधार बनाएर नेप्सेले मूल्य समायोजन गरेको हो । 

नेप्सेले रिडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य रू. १६८ तोकेको छ । रिडीको आइतवार अन्तिम शेयरमूल्य रू. १७६ कायम भएको थियो । सोही मूल्यलाई आधार बनाएर नेप्सेले रिडीको शेयरमूल्य समायोजन गरेको हो । 

यी तीन ओटै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि साधारण सभाको मिति तय गरिसकेका छन् । उक्त सभा र लाभांश प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा तीनवटै कम्पनीको लाभांश मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । 

कुमारी बैकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने रिडी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत कर सहित लाभांश प्रस्ताव गरेको छ । कुमारी बैंकले लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २९ गते, रिडी हाइड्रोले मंसिर २६ गते र साल्ट ट्रेडिङ् कर्पोरेशनले मंसिर ३० गते वार्षिक साधारण सभा बोलाएको हो ।
 

प्रतिक्रिया दिनुहोस