aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अरुण भ्याली हाइड्रोको साधारण सभा पुस ८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ मंसिर २०७७
अरुण भ्याली हाइड्रोको साधारण सभा पुस ८ गते

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले पुस ८ गतेका लागि २३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाकक्ष, ट्रेडटावर थापाथली, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभ भर्चुअल माध्यमबाट सम्पन्न गरिने हुदाँ भर्चुअल उपस्थितिका लागि कम्पनीले अनुरोध गरेको छ । 

सभाले प्रस्तावित ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव सहित आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गर्नेछ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाका लागि तय गरेको हो । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्र्ने प्रस्ताव पनि गरेको छ । 

हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । गत असोज २१ गते बोर्डमा निवेदन दिएको उक्त हकप्रद स्वीकृतिको अन्तिम चरणमा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ ।

साथै सभाले चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण र ९ दशमलव ६ मेगावाट क्षमताको माथिल्लो काबेली २ जलविद्युत आयोजनाका लागि ऋण स्वीकृति समेत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस