
काठमाडौं । हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर रहेको छ ।
६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस