aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल बङ्गलादेश बैंकले लाभांश घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
नेपाल बङ्गलादेश बैंकले लाभांश घोषणा गर्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷७७ को लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बैंकको मंसिर १५ गतेको सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस