
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्ष २० प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा लाभांश दिने प्रस्ताव कम्पनीको रहेको छ ।
उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १२ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि मंसिर २९ देखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने कम्पनीको तयारी छ ।
यस आधारमा मंसिर २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको मंसिर १६ गतेको सञ्चालक समितिले लाभांश प्रस्ताव गर्दै साधारण सभाको मिति तय गरेको हो ।
प्रतिक्रिया दिनुहोस